Articles

कतिपय मानिसहरूलाई लाग्छ कि चेला बनाउने अभियान सुरु गर्न वा त्यसलाई अघि बढाउन कुनै असाधारण व्यक्ति चाहिन्छ। विशेष अभिषेक भएको, सबैभन्दा प्रतिभाशाली, वा जीवन नै चलचित्रजस्तो नाटकीय बोलावट भएको व्यक्ति। लामो समय सम्म निरन्तर प्रार्थना गरेपछि मात्र फल देखियो भन्ने कथा सुन्दा पनि त्यस्तै लाग्न सक्छ।

तर मैले विभिन्न महादेशहरूमा वास्तविक चेला बनाउने अभियानहरूको सुरुवात गरेका मानिसहरूसँग काम गर्ने अवसर पाएको छु। उनीहरूमा मलाई सबैभन्दा प्रभाव पार्ने कुरा के हो भने उनीहरू अत्यन्त साधारण मानिसहरू हुन्।

साधारण भन्नाले महत्वहीन होइन। उनीहरू सामान्य, सहज र उपलब्ध हुने मानिसहरू हुन्। भीडमा उनीहरूलाई छुट्टै चिन्न सकिँदैन। उनीहरू ठूला मञ्चहरूमा बोल्ने प्रसिद्ध अगुवाहरूजस्ता देखिँदैनन्।

परमेश्वरले कस्ता मानिस खोज्नुहुन्छ?
बाइबलमा हेर्दा एउटा स्पष्ट ढाँचा देखिन्छ।

  • परमेश्वरले जेठो होइन, कान्छो छोरालाई छान्नुभयो।
  • उहाँले राम्रोसँग बोल्न नसक्ने मोशालाई प्रयोग गर्नुभयो।
  • उहाँले धर्मशास्त्रका विद्वानहरूलाई होइन, साधारण मछुवाहरूलाई रोज्नुभयो।
  • उहाँले इनारमा पानी भर्न आएकी स्त्रीलाई प्रयोग गर्नुभयो।
  • यो ढाँचा यति स्पष्ट छ कि प्रेरित पावलले नै लेख्छन्:


"तर बुद्धिमान्‌हरूलाई शर्ममा पार्न परमेश्‍वरले संसारका मूर्ख कुराहरूलाई छान्‍नुभयो, र शक्तिशालीलाई शर्ममा पार्नलाई परमेश्‍वरले संसारका निर्बल कुराहरूलाई छान्‍नुभयो।"
                                                                                                                  (१ कोरिन्थी १:२७)

यो केवल नम्र देखिने र उत्साहित बनाउने धार्मिक भाषा होइन।यसै तरिकाले परमेश्वरले वास्तवमै काम गर्नुहुन्छ।उहाँले सबैभन्दा धेरै प्रमाणपत्र भएको व्यक्तिलाई होइन,

आफूलाई पूर्ण रूपमा परमेश्वरमा समर्पण गर्ने व्यक्तिलाई प्रयोग गर्नुहुन्छ।
धेरैजसो त्यस्ता मानिसहरूले आफैँलाई परमेश्वरले प्रयोग गर्नुहुन्छ भन्ने कल्पना पनि गरेका हुँदैनन्। केहि समय देखि विभिन्न महादेशहरूमा भएको चेला बनाउने अभियानको कुरा देखेको र सुनेको छु। जसलाई मैले अभियानको अगुवा हो र भनि ठानेको व्यक्ति, प्रायः परमेश्वरले तिनैलाई प्रयोग गर्नुभएको मैले देखे।


उनीहरू त्यही मानिसहरू हुन्, जुन विषयमा अरूहरूले अझै "यसले कसरी काम गर्छ?" भनेर हिसाब–किताब गरिरहँदा परमेश्वरलाई "हुन्छ" भने र आज्ञापालन गरे। उनीहरूले सिकेका कुराहरू केवल सुनेर वा जानेर मात्र बसेनन्, तर त्यसलाई आफ्नो जीवनमा लागू गरे। उनीहरूले सामग्रीलाई ज्ञान को रुपमा मात्र थाहा पाएर सन्तुष्ट भएनन्; उनीहरूले त्यसअनुसार जीवन जिए। 


अयोग्यता जस्तो देखिने, तर वास्तवमा अयोग्य नबनाउने कुराहरू

मैले संसारका विभिन्न ठाउँहरूबाट यस्तै कुराहरू बारम्बार सुन्ने गरेको छु। पश्चिमी देशका एक जना पास्टर भन्छन्, “ममा नयाँ कामको सुरुवात गर्ने व्यक्तित्व छैन।” दक्षिण एशियाका एक घरेलु मण्डलीका अगुवा भन्छन्, “मैले त पाँच कक्षासम्म मात्र पढेको छु।” पूर्वी अफ्रिकाका एक अभियान प्रशिक्षक भन्छन्, “म त धेरै जवान छु, परमेश्वरले मलाई शक्तिशाली रूपमा प्रयोग गर्नुहुन्न।”


कल्पना गर्नुहोस्, यी सबै एउटै कोठामा बसेर कुरा गरिरहेका छन्। हरेक व्यक्ति आफ्नै सीमिततालाई परमेश्वरले आफूबाट काम गर्न नसक्नुको मुख्य कारण ठानिरहेका छन। अब कल्पना गर्नुहोस्, येशू पनि त्यही कोठामा हुनुहुन्छ। उहाँले उनीहरूलाई के भन्नुहुन्थ्यो? यी प्रिय दाजुभाइ–दिदीबहिनीहरूलाई आफ्ना यी सीमितताहरूले आफूलाई अयोग्य बनाएको जस्तो लाग्छ, तर वास्तवमा त्यस्तो होइन।

वास्तवमा, मानिसहरूलाई गुणात्मक रूपमा चेला बनाउने कार्य मा परमेश्वरले प्रयोग गर्न नसक्नुको कारण वरदान वा क्षमताको कमी होइन। बरु, असुविधा वा सतावट सहन नचाहनु र विश्वासका साथ कदम चाल्न नचाहनु हो। कहिलेकाहीँ यो सबै परिणामहरू आफ्नै नियन्त्रणमा राख्न खोज्ने सोचको रूपमा देखिन्छ। वा अरूको सेवा गर्नुको सट्टा आफैँ सेवा पाउन चाहने मनोवृत्तिको रूपमा प्रकट हुन्छ।


साधारण मानिसहरू, जो परमेश्वरद्वारा आफ्नो जीवन र योजनामा परिवर्तन आउन दिन तयार हुन्छन्। यो त्यस्ता मानिसहरूको परिचय हो, जसलाई मैले परमेश्वरले अचम्मलाग्दो तरिकाले चेलाहरूलाई गुणात्मक रूपमा बढाउन प्रयोग गर्नुभएको देखेको छु।


यहाँ गहिरिएर सोच्नुपर्ने प्रश्नहरू छन।
यदि परमेश्वरले प्रयोग गर्नुहुने व्यक्ति साधारण नै हो भने, प्रश्न यो होइन कि "के परमेश्वरले मलाई प्रयोग गर्न सक्नुहुन्छ?" त्यस प्रश्नको उत्तर त पहिले नै दिइसकिएको छ।


वास्तविक प्रश्न यो हो। के तपाईं आज आफ्नो अगाडि भएको व्यक्तिलाई "हो" भन्न तयार हुनुहुन्छ? अर्थात्, आफू पूर्ण रूपमा तयार भएको महसुस नभएसम्म पर्खिने होइन, ठूलो मञ्च पर्खिने होइन, वा कसैको अनुमति पर्खिने होइन; बरु परमेश्वरको बोलावटमा आज्ञाकारी हुँदै साधारण व्यक्ति बन्न तयार हुनुहुन्छ?


साथै यदि तपाईं एक अगुवा हुनुहुन्छ भने, के तपाईं त्यस्ता साधारण मानिसहरूलाई तालिम दिएर, सक्षम बनाएर, सेवाको लागि पठाउन तयार हुनुहुन्छ?


चेला बनाउने अभियानहरू असाधारण मानिसहरूले असाधारण अनुभव गरेपछि सुरु हुँदैनन्। ती त साधारण मानिसहरूले परमेश्वरप्रति साधारण आज्ञापालनलाई आफ्नो जीवनको बानी बनाउँदा सुरु हुन्छन्। त्यसपछि ती फैलिदै जान्छन्।


यदि तपाईलाई यो शन्देशले हृदयमा केहि जागृति ल्याएको छ भने। हामीसँग चेला बनाउने अभियानमा जोडिन सक्नु हुन्छ। धन्यवाद

परमेश्वरले साधारण व्यक्तिलाई प्रयोग गर्नुहुन्छ।